पोखरास्थित लेकसिटी हस्पिटलका प्रवन्ध निर्देशक डा. बिष्णु नेपालीको निधन
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
1k
Shares
पोखरा । पोखरास्थित लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर सेन्टरका प्रवन्ध निर्देशक डा. बिष्णु नेपालीको निधन भएको छ। पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन निवासी डा. नेपालीको काठमाडौंस्थित ग्राण्डी अस्पताल उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो। १४ वर्षदेखि चिकित्सक पेशामा सक्रिय डा. नेपाली केही समयदेखि कलेजो सम्वन्धित रोगबाट पीडित थिए।
डा. नेपालीको शव शनिबार विहान मालेपाटनस्थित निवासमा ल्याएर रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरिएको छ।
उनको शवमा बवा टुकलाल नेपालीले दागवत्ती दिएका थिए। डा. नेपालीका श्रीमती र दुई छोरी छन्।