arrow

रुसले युक्रेनमाथि आक्रमण गरेमा 'ठूलाे मूल्य र परिणाम' चुकाउने पर्नेछ - अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
russia-usa-blinken-lavrob.jpg

काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले रुसले युक्रेनमाथि आक्रमण गरेमा मस्कोले ठुलो मूल्य चुकाउनु पर्ने र परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । बिहीबार अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले रुसी विदेश मन्त्री सर्गेई लाभरोवसँग स्विडेनको स्टकहोममा भएको बैठकपछि यस्तो चेतावनी दिएका हुन् ।

'युक्रेनमाथि रुसले आक्रमण गरेमा यसको जिम्मेवार रुस हुनेछ र अमेरिकी युरोपेली सहयोगीसँग मिलेर मस्कोलाई ठुलो मूल्य चुकाउनु पर्ने  छ र परिणाम भोग्नु पर्नेछ,' बैठकपछि अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले भनेका छन् ।

'अहिले सेना स्थापनालाई हटाएर, सामान्य शान्तिकालीन स्थितिमा फर्काएर धम्की र युक्रेनलाई थप अस्थिर बनाउनबाट रोक्ने कुरा अहिले रुसमाथि छ,' उनले भनेका छन् ।

उता रुसका विदेश मन्त्री लाभरोवले 'युक्रेन अमेरिकाको भुराजनीतिक खेलमा पर्याे भने मस्कोले प्रतिक्रिया दिने' बताएका छन् ।

यस्तै आगामी दिनमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता हुने बताइएको छ । यद्यपि,  ब्लिङ्कनले तत्काल भेटवार्ता नहुने बताएका छन् ।

सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमिया कब्जा गरेयता युक्रेन र रुसबिचको सम्बन्ध तनावपूर्ण रहिआएको छ।

हाल फेरि दुवै देशहरूले सीमा क्षेत्रमा सैन्य स्थापना गरेपछि द्वन्द्व बढ्न सक्ने चिन्ता बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ