arrow

केपी प्रवृत्तिप्रति आक्रोशित भए भीम रावल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
bhim-rawal-10th-1111.jpg

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल अध्यक्ष केपी ओलीसँग झोँक्किएका छन् । १९ मिनेटको अन्तरमा सामाजिक संजालमा दुई वटा ट्वीट गर्दै उनले ओली प्रवृत्तिको आलोचना गरेका हुन् । 

उनले पहिलो ट्वीटमा लेखे, ‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारी सम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक  र पार्टी हितको विरूद्धमा छ।’

१९ मिनेटपछि उनले अर्को ट्वीट गरे । त्यसमा लेखेका छन्, ‘दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो । यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको  राजनीतिमाथि आघात पुग्छ।’

यसबाटै एमालेको महाधिवेशनले दिने सन्देश के हुन्छ भनेर स्पष्ट बुझ्न सकिन्छ । गत शुक्रबारदेखि चितवनमा भइरहेको महाधिवेश आज सकिनु पर्ने हो । तर के हुन्छ भनी यसै भन्ने अवस्था छैन । 

गोप्य स्थलमा बसेर केन्द्रीय कार्यसमिति चयन गर्नु उपयुक्त नभएको उनको निष्कर्ष छ । उनी अध्यक्षमा उम्मेदवारी दिनका लागि हिजोदेखि नै प्रचारप्रसारमा थिए । 

तर ओली भने खल्तीबाट नाम तयार गरेर कार्यसमिति तयार गर्न लागिपरेका छन् । ओली प्रवृत्तिको खुलेर विरोध गर्ने उनी एक्ला हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ