arrow

विकट गाउँको राजनीति समेटिएको चलचित्र ‘बन्ठे’को टिजर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
banthee.jpg

काठमाडौं । चलचित्र ‘बन्ठे’को टिजर सार्वजनिक भएको छ । बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको चलचित्र हो । कोरोना महामारीले बन्ठेको प्रक्रिया अघि बढेको थिएन । चलचित्रभित्र विकट ठाउँ र त्यहाँ भएका राजनीतिक गतिविधिहरुलाई समेटिएको छ ।

तर अहिले आएर प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । प्रर्दशन मिति नखुलाएपनि यो चलचित्रको हालै सानो टिजर सार्वजनिक भएको छ । जसमा कलाकारहरु अभिनेत्री संचिता लुइटेल, मनिष भण्डारी, उमेश सिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विशाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे, बाबुराम बस्नेत, नविन राई, अर्जुन खड्का, सन्जय शाह र किरण लगायतको अभिनय छ ।

चलचित्रमा उद्स्या सिवाकोटी, र सुमिना दाहालले बालकलाकारको भुमिका निर्वाह गरेका छन् । यस चलचित्रको निर्देशन भने भोमन कटुवालको रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ