‘पिरिम नलाउने’का गायक आशिष नायिका आँचलसँग रोमान्समा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
1.3k
Shares
काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याइँ-झ्याइँ पञ्चे बाजाले’ सार्वजनिक गरिएको छ । हालै काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिएकी छन् ।
मंसिर महिना अझ त्यसमा पनि विवाहको मौसम शुरु हुँदै गर्दा सार्वजनिक गीतले विवाहको मौसममा थप रौनकता थपेको छ । महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय देख्न सकिन्छ । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एकप्रेम जोडीको कथा प्रस्तुत गरिएको छ ।
भिडियोको निर्देशक कविराज गहतराजले गरेका छन् । डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो । कार्यक्रममा गायक तथा मोडल आशिषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले गीतको भिडियो राम्रो बनेको बताए । फरक जनराका संगीतकर्मीसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको उनको भनाइ छ ।
अभिनेत्री आँचल शर्माले भिडियो अभिनय गर्दाको रमाइलो अनुभव सुनाइन । नेस स्टुडियोका एसडी योगी, ब्रिजेश श्रेष्ठले समेत भिडियोमा काम गर्दाको अनुभव राखेका थिए । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।