arrow

सिप्रदीयन सहायता संस्थाद्वारा सातौँ पुनर्निर्माण विद्यालय भवनको हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
sipradi school-handover-csr.jpg

काठमाडौँ। टाटा कम्युनिटी इनिसीयटिभ ट्रस्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ–सिप्रदीयन सहायता संस्थाको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका–११, सिन्धुपाल्चोकको नव निर्मित श्री जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ।

उक्त विद्यालय भवनको टाटा सस्टेनेबिलिटी ग्रुपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले उद्घाटन गरेका थिए।

नेपाल भूकम्प पुनर्स्थापना परियोजनाको एक हिस्सा स्वरूप टाटा कम्युनिटी इनिसीयटिभ ट्रस्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा विस २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सात वटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको छ।

श्री शारदा माध्यमिक विद्यालय, श्री जाल्पादेवी माध्यमिक विद्यालय, श्री मार्मिङ माध्यमिक विद्यालय, श्री थापीनारायण आधारभूत विद्यालय, श्री कोदारी माध्यमिक विद्यालय र श्री जनज्योति आधारभूत विद्यालयको पुनर्निर्माण सँगै सात वटै विद्यालयको हस्तान्तरण गरिएको छ। अरू हस्तान्तरण भैसकेका विद्यालय भवनहरू जस्तै श्री जनज्योति आधारभूत विद्यालय पनि भूकम्प प्रतिरोधी आधुनिक संरचनामा पुनर्निर्माण गरिएको संस्थाले जनाएको छ।

हस्तान्तरण समारोहमा सिप्रदीयन सहायता संस्थाका सह–सचिव प्रभाकर मुनंकर्मी, सिप्रदीयन सहायता संस्थाका रजत श्रेष्ठ, विनोद बहादुर सिंह, विमल गौतम, रबिन श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि परिषद्का सदस्य ज्ञानेन्द्र प्रसाद तिमिल्सिना, स्काई लाइन आर्किटेक र निर्माण कम्पनी टक्सार अवालेको पनि उपस्थिति रहेको थियो।

हस्तान्तरण समारोहमा बोल्दै सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले भने, “नेपालमा विस २०७२ सालमा आएको विनाशकारी भूकम्पले यहाँ धेरै क्षति गरेको थियो। त्यसैले केही वर्षदेखि हामीले यस पुनर्स्थापना परियोजना प्रति दिलो ज्यान दिएका छौँ। यस विद्यालयसँगै हामीले सिन्धुपाल्चोकमा सुविधा सम्पन्न कक्षाकोठाहरू रहेका सात वटा विद्यालयको हस्तान्तरण गरिसकेका छौ र भावी दिनमा  पनि  सामाजिक उत्तरदायित्व जिम्मेवारी सम्बन्धी गतिविधिहरू प्रति हामी समर्पित रहेर यस्तै कार्यहरूलाई निरन्तरता दिनेछौँ। साथै यस परियोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने सबै जनालाई कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ।”

सो समारोहमा टाटा सस्टेनेबिलिटी ग्रुपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालको साथै भवन निर्माणका क्रममा सहयोग गर्ने विभिन्न सहयोगीलाई सम्मान पनि गरिएको थियो।

सिप्रदीयन सहायता संस्थाबारे :
सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा गैर राजनीतिक सामाजिक संस्था हो। यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ। यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो। यस संस्थाले योग्य तर आर्थिक रूपमा विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ।

साथै संस्थाले वृद्ध नागरिकहरू, नाबालक टुहुराहरू तथा भिन्न क्षमता भएका व्यक्तिहरूलाई हरतरहबाट सेवा पुर्‍याउने निष्ठा राखेको छ। यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैव प्रकोपबाट पीडित जनताको आपत्कालीन उद्धार, सहयोग तथा पूनव्यवस्थापन सम्बन्धी कार्यहरूमा सहयोग गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ