arrow

मेसीले फ्रेन्च लिग वानमा खोले गोलको खाता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
messi-mbappe-psg.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा अर्जेन्टाइन फुटबल स्टार लियोनल मेसीले गोलको खाता खोलेका छन् । यसै सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) आएका मेसीले शनिबार रातिको खेलमा गोल गरेका हुन् । 

उक्त खेलमा पीएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । खेलको ७६ औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १–१ गोलको बराबरीमा ल्याए ।

८२ औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजीले २–१ को अग्रता बनायो । ८७ औं मिनेटमा मेसीले गोल गर्दै पीएसजीलाई जिताए । 

पीएसजीले मेसी लिग वान जिताउन नभई च्याम्पियन्स लिग जिताउन आएको बताउँदै आएको छ । 

यो जितसँगै शीर्ष स्थानको पीएसजीले १४ खेलमा ३७ अंक जोडेको छ ।

दोस्रो स्थानको रेनेसको १४ खेलबाट २५ अंक मात्रै छ । रेनेसले शनिबार रातिको खेलमा मेन्टपिलरलाई २–० गोल अन्तरले हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ