रोनाल्डो फितलो, म्यानचेस्टरलाई उपाधि जिताउने लक्षण ल्याएनन्, चेल्सी शीर्षमै
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
611
Shares
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद प्रदर्शन गरेको छ । पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो आएपछि म्यानचेस्टरले लिग नै जित्ने अपेक्षा गरिएको भए पनि लज्जास्पद हार नै बेहोर्न पुगेको छ ।
शनिबार राति भएको खेलमा युनाइटेड वाट्फोर्डसँग पराजित भएको छ । १० खेलाडीमा सीमित युनाइटेड वाट्फोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको हो । वाट्फोर्डलाई जित दिलाउन जोसुवा किङ, स्माइल सार, जोआ पेड्रो र इम्मानुएल डेनिसले एक एक गोल गरे ।
युनाईटेडका डोनी भान डी विकले एक गोल फर्काए । रोनाल्८ो फितलो देखिए ।
लयमा चेल्सी
लिगमा चेल्सी लयमा देखिएको छ । शीर्ष स्थानमा कायमै रहेको चेल्सीले शनिबार भएको खेलमा लेस्टर सिटीलाई ३–० गोल अन्तरले हरायो ।
चेल्सीको जितमा एन्टोनियो रुडिगर, एनगालो कान्टे र क्रिस्टियन पुलिसिचले एक एक गोल गरे ।