arrow

लोकतन्त्र भारतको स्वभाव र सहज प्रकृति : मोदी

logo
एजेन्सी,
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
modi16.jpg
फाइल तस्बिर

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतन्त्र केवल भारतको व्यवस्था नभई भारतको स्वभाव र सहज प्रकृतिमा निहित रहेको बताएका छन्। मोदीले भारतीय स्वतन्त्रताको शताब्दी वर्षलाई मध्यनजर गर्दै आगामी २५ वर्षलाई देशको निम्ति अत्यन्तै महत्त्वपूर्ण भएको बताए। संसद् र विधान सभाहरूका सदस्यहरूलाई कर्तव्यको मन्त्र दिँदै वाद, विवाद, संवाद र समाधानको शैली अपनाउँदै आफ्नो दायित्व पूरा गर्न मोदीले आग्रह गरेका छन्। 

उनले देशको विकासमा राज्यहरूको भूमिकाहरूको उल्लेख गर्दै भने, ‘लोकतन्त्रमा नागरिकहरू र राज्यहरूको ठुलो भूमिका रहन्छ। हामी यसलाई ‘सबैको प्रयास’ भन्छौँ। यो भारतको प्रकृति हो। हामीले देशलाई नयाँ उँचाइहरूमा लैजानपर्नेछ र आउने वर्षहरूमा असाधारण लक्ष्य हासिल गर्नु छ। यो सङ्कल्प ‘सबैको प्रयास’ ले नै पूरा हुनेछ र लोकतन्त्रमा भारतको सङ्घीय व्यवस्थामा, जब हामी ‘सबैको प्रयास’ को कुरा गर्छौँ, तब सबै राज्यहरूको भूमिका उसको निम्ति एक ठुलो आधार हो।’

‘सबैको प्रयास’ को महत्त्वलाई जारी राख्दै उनले भने, ‘चाहे पूर्वोत्तरको दशकौँ पुरानो समस्याहरूको समाधान होस् या फेरि दशकौँदेखि थातीमा रहेका विकासको सबै ठुला परियोजनाहरूलाई पूरा गर्नु होस्, पछिल्ला वर्षहरूमा देशमा यस्ता धेरै कामहरू भएका छन् र यो सबैको प्रयासले सम्भव भएको छ।’ उनले कोरोना महामारी विरुद्ध लड़ाईलाई ‘सबैको प्रयास’ को एक शानदार उदाहरण भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ