नबिल बैङ्कको ढुक्क हुने ‘नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट’ खाता
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
1.1k
Shares
काठमाडौँ। समय सान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैङ्कले ग्राहकहरूको थप आवश्यकता पूरा गर्न ‘नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट’ सञ्चालनमा ल्याएको छ। यो खाता मासिक रूपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको नबिलको संस्थागत सञ्चार विभागले जानकारी दिएको छ।
के हो ‘नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट’
बैङ्कका अनुसार ‘नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट’ ग्राहक माझ सहज तथा सरल बैङ्किङको अनुभूति गराउने उद्देश्यले व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा सम्पन्न मुद्दती खाता हो।
यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुनेछ। यसका साथै ग्राहकहरूलाई कुनै पनि न्यूनतम रकमको सीमा तोकिएको छैन र यस योजना अन्तर्गत तीन महिना वा बढी अवधिका लागि ग्राहकहरूले खाता खोली यसको लाभ लिई ढुक्क हुन सक्नेछन्।
सन् १९८४ मा स्थापित नबिल बैङ्कले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत सेवा दिँदै आएको छ।
बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको दाबीसहित ग्राहकको उच्च सन्तुष्टि एवम् आधुनिक बैङ्किङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको जनाएको छ।