arrow

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प मङ्सिर ३ गते देखि ७ गतेसम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
Tata-Motors-Exchange-Camp-2078.jpg

काठमाडौँ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम मङ्सिर ३ देखि ७ गतेसम्म (१९ नोभेम्बर देखि २३ नोभेम्बर, २०२१) सम्म नेपालभरि टाटा मोटर्सको सोरुम हरूमा हुन लागेको हो।

ग्राहकहरूले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ।

साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्रान्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यमा प्राप्त गर्न सकिने छ। यस सँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै फाइनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आकर्षणहरू रहेका छन्।

यस विशेष कार्यक्रममा टाटा मोटर्सको सोरुममा नयाँ गाडी खरिद गरी फाइदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ। थप जानकारीका लागि नजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न वा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा कल गर्न कम्पनीले सुझाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ