-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । धेरै बलात्कारका घटनामा दोषी ठहरिएको व्यक्तिलाई औषधि प्रयोग गरेर यौन सम्पर्क गर्न नसक्ने बनाउने कानुन पाकिस्तानको संसद्ले पास गरेको छ ।
औषधि प्रयोग गरेर यौन सम्पर्क गर्न नसक्ने बनाउनुलाई केमिकल कास्ट्रेशन भनिन्छ ।
बलात्कारका घटनाहरू बढेर र कडाइको माग भइरहेका बेला पाकिस्तानको सांसदले यो कानुन पास गरेको हो।
केमिकल कास्ट्रेशन (औषधिको प्रयोग) गरेर अपराधीलाई उसको जीवनको कुनै पनि समयावधिसम्म यौन सम्पर्क गर्न उत्तेजना नआउने बनाइनेछ ।
यो कानुन लागु भएमा पाकिस्तानमा बढी बलात्कारका घटनामा दोषी देखिएका व्यक्तिलाई निश्चित मेडिकल बोर्डबाट केमिकल कास्ट्रेशन गरिने छ ।
यद्यपि, पाकिस्तानमा ४ प्रतिशत भन्दा कम बलात्कारका घटना मात्रै दोषी ठहर हुने गरेको आरोप छ ।
पाकिस्तानले ल्याएको यो किसिमको कानुन दक्षिण कोरिया, पोल्यान्ड, चेक रिपब्लिक र केही अमेरिकी राज्यमा पनि रहेको छ ।