संचारकर्मी पहाडी म्यूजिक भिडियोमा, शिल्पासँग गरे डेब्यू(भिडियो)
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
1k
Shares
काठमाडौं । संचारकर्मी कृष्ण पहाडी र अभिनेत्री शिल्पा पोखरेल गायक प्रमोद खरेलको ‘एकै चोटी मार न ओए’को भिडियोमा देखिएका छन् ।
आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा शिव पौडेलको शब्द र ऋषि खड्काको संगीत छ ।
कपिल लामाले निर्देशन गरेको गीतको भिडियोमा पहाडीसहित नायिका पोखरेल र पुरुषोत्तम पौडेल र रिता भट्टराईको अभिनय छ।
भिडियोमा त्रिकोणात्मक प्रेमकथा बुनिएको छ । भिडियोमा अजय रेग्मीले छायाङ्कन गरेका हुन् भने सम्पादन शिव पौडेलको छ । संचारकर्मी पहाडीले शिल्पासंग कालाकारितामा डेब्यु गरेका हुन् ।