arrow

चीन-अमेरिका आर्थिक, व्यापारिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन : राष्ट्रपति सी

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
xi-jinping-china.jpg

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताएका छन् ।

 राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि फराकिलो हुनु पर्ने बताएका छन् ।  

राष्ट्रपति सीले अमेरिकी व्यापारिक समुदायको चीन भ्रमणलाई अझ सहज बनाउने चाहानालाई चीनले गम्भीरताका साथ लिएको र चीन र संयुक्त राज्य अमेरिका बीचको आर्थिक र व्यापारिक आदानप्रदानलाई थप प्रवर्द्धन गर्ने र दुई देशको अर्थतन्त्रको पुनरुत्थानमा द्रुतमार्गको व्यवस्था गर्न सहमत भएको बताएका छन् ।

उनले संयुक्त राज्य अमेरिकाले चिनियाँ व्यवसायहरूलाई दबाउन राष्ट्रिय सुरक्षाको अवधारणालाई दुरुपयोग गर्न वा बढावा दिने काम भने बन्द गर्नुपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ