काठमाडौं । स्वीट्जरल्याण्ड आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छानिएको छ । युएफा छनोट अन्तर्गत सोमबार राति भएको खेलमा बुल्गेरियामाथि ४–० गोल अन्तरको फराकिलो जितसँगै स्वीट्जरल्याण्डले कतारको टिकट काट्न सफल भएको हो ।
घरेलु मैदानमा खेलको स्वीट्जरल्याण्डले पहिलो हाफ भने गोलरहित बराबरीमा चित्त बुझाएको थियो । दोस्रो हाफमा चार गोल गर्दै समूह सीबाट १८ अंकसहित शीर्ष स्थानमा रहँदै विश्वकपमा छानियो ।
स्वीट्जरल्याण्डका लागि नोह ओकाफोर, रुबेन भर्गास, सेड्रिक इट्टेन र रिमो फ्रुलेरले गोल गरे ।
यही समूहको उपाधिकै दाबेदार मानिएको इटाली भने फेरि पनि संकटमा परेको छ ।