अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको दुई क्षेत्रीय कार्यालय
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
1.3k
Shares
काबुल । संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले अफगानिस्तानमा मानवीय सहायता बढाउन दुई उप-क्षेत्रीय कार्यालयहरू स्थापना गरेको छ ।
कोषले नयाँ कार्यालयहरू दक्षिणी कान्दाहार र पूर्वी नान्गाहार प्रान्तमा खोलिएको जानकारी दिएको छ । त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि आफ्नो कार्य विस्तार गरिरहेको कोषले बताएको छ।