भारतीय सेना प्रमुख नाराभाने इजरायलको पाँच दिने भ्रमणमा
एएनआई
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
1.5k
Shares
तस्बिर : फाइल
नयाँ दिल्ली। भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका थिए। दुई देशका बीचमा सहकार्य र सम्बन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्देश्य रहेको भारतीय सेनाले जनाएको छ।
“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारिक ट्विटर हेन्डलमा लेखिएको छ। भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गरेका हुन्।
रणनीतिक हिसाबले महत्त्व राख्ने दुई देशका सेनाको सम्बन्ध विस्तारका लागि सुरु भएको उनको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।