arrow

सडक सुधार आयोजना कार्यालय परिसरबाट सात पत्रकार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
pakrau-ramesh.jpg

काठमाडौं । दोलखाको चरिकोट-मुडे सडक अलपत्र पार्ने सडक बिभाग र ठेकेदार विरुद्ध आन्दोलन गर्न गएका पत्रकार पक्राउ परेका छन् ।

नेपाल महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा सहित सात पत्रकार लामोसाँघु-जिरी सडक सुधार आयोजनाको कार्यालयबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्ने पत्रकारहरुमा महासंघका केन्द्रीय सदस्य खतिवडा साथै चिरञ्जीवी मास्के, श्याम खतिवडा, गोकर्ण भण्डारी, सिर्जन घिमिरे, राजन बस्नेत र अर्जुन कार्की छन् । उनीहरुलाई तत्काल रिहाइ गर्न संचार सम्बद्ध संस्थाहरुले माग गरेका छन् ।

आन्दोलन समितिका संयोजक मास्केले भने,‘सडक बिभागका प्रमुख र ठेकेदारको लापरवाही विरुद्ध यसअघि पनि आन्दोलन गरेका थियौं । माग सुनुवाइ नभएपछि आइतबार सडक कार्यालयका तालाबन्दी गरेका छौं । अहिले हामी प्रहरी नियन्त्रणमा छौं ।'  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ