टी–२० विश्वकपको उपाधिका लागि अष्ट्रेलिया र न्यूजिल्याण्डबीच भिडन्त
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
800
Shares
काठमाडौं । यूएई र ओमानको संयुक्त आयोजनामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने भएका छन् । सेमिफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धी हराउँदै दुवै टिम फाइनलमा पुगेका हुन् ।
न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो । अष्ट्रेलिया दोस्रो पटक फाइनलमा पुगेको हो ।
फाइनल खेल आइतबार दुबईमा बेलुकी ७ः४५ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हरायो । अपराजित रहँदै सेमिफाइनलमा पुगेको पाकिस्तान अष्ट्रेलियाविरुद्ध भने निरीह बन्यो ।