arrow

पहिरोको जोखिम मोल्दै विद्यालय

स्याङ्जाका ठाँउ ठाँउमा पहिरो ग्रामिण सडक अवरुद्ध

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ साउन ९ आइतबार
syanja-school.jpg.jpeg
स्याङ्जा । बुधवार र विहिवार परेको अविरल बर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ४ स्थित चिथाभञ्याङमा रहेको भवगती प्रावि पहिरोको जोखिममा परेको छ । दुईदिन सम्म लगातार परेको बर्षाका कारण विद्यालयको कम्पाउण्ड वाल सगै सरस्वतीको मन्दिर समेत भत्किएर अहिले विद्यालय पहिरोको जोखिममा परेको हो ।
 
 अधिकांश आदिवासी जनजातीको वसोवास रहेको सो स्थानमा रहेको विद्यालयमा सबै भन्दा बढी विद्यार्थी पनि आदिवासी जनजातीका नै अध्ययनरत रहेका छन् । गतबर्ष गएको विनासकारी भुकम्पले विद्यालयमा क्षती पुर्‍याए पछि जिल्ला शिक्षा कार्यालय स्याङ्जाले दुईकोठे भवनका लागि १५ लाख रकम प्रदान गरेको थियो । 
 
सो रकमबाट निर्माण गरिएको भवन अहिले पहिरोको कारणबाट जोखिममा रहेको विद्यालयका प्राधानाध्याप मुक्तिप्रसाद कोइरालाले जानकारी दिए । बर्षादको समयमा विद्यालय बन्द रहेको थियो प्रअ कोइरालाले भने,“विद्यालय खुलेको अवस्थामा पहिरो गएको भए मानवीय क्षती समेत हुने थियो ।” विद्यालयमा रहेका दुईकोठे भवन र अर्को ४ कोठे भवन पहिरोको जोखिममा रहेको प्रअ कोइरालाले बताए । 
कक्षा ५ सम्म संचालित सो विद्यालयमा ५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । बर्षे विदा सकिएर अव विद्यालय खोल्ने समय आएको छ प्रअ कोइरालाले भने, “विद्यालय संचालनमा समेत कठिन हुने अवस्थामा रहेको छ ।” यस बारे जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराउने प्रअ कोइरालाले भने । फेरी ठुलो बर्षाद भयो भने विद्यालयको अवस्था कस्तो रहने हो भन्नेमा अभिभावकहरु समेत चिन्तित देखिएका छन् ।
 
 यता विद्यालयलाई नै जोखिममा पारेर गएको पहिरोका कारण वालिङ, चिथाभञ्याङ, रोग्दीठाटी हुदै चापकोट सम्म पुग्ने सडक पनि अवरुद्ध भएको छ । अधिकांश ग्रामिण भेगका नागरिकहरुले प्रयोग गर्ने सो सडकका विभिन्न ठाँउमा पहिरो जादा वालिङ र जिल्ला सदरमुकाम पुग्न वासिन्दाहरुलाई अफठ्यारो भएको स्थानीय समाजसेवी गनबहादुर गुरुङ्ले बताए । खाद्यन्न देखि औषधी उपचारका लागि प्रयोग हुने सो सडक पहिरोले अवरुद्ध पारेपछि यहाँका नागरिक निकै समस्यामा परेको गुरुङ्को भनाई छ । 
 
यस सम्वन्धमा सम्वन्धीत निकायले छिटो पहल गरि सडक खुलाईदिन समेत गुरुङ्ले आग्रह गरेका छन् । अविरल बर्षाले गर्दा जिल्लाका मुख्य शहरबाट ग्रामिण क्षेत्रमा जाने सडकमा पहिरो जादा अधिकांश सडकहरु अवरुद्ध भएका छन् । समयमै पहिरो नखुलाएमा ग्रामिण क्षेत्रमा खाधन्नको संकट लगायत विरामी भएर उपचारका लागि अस्पताल सम्म पुग्न कठिन हुने देखिन्छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिद्धार्थ राजमार्ग अवरुद्ध नहुनका लागि डोजरको व्यवस्था गरेपनि ग्रामिण क्षेत्रका सडक खुलाउन भने कुनै पहल नगरेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ