सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा : गृहमन्त्री
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
585
Shares
जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाँडले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा नै रहेकाले त्यसका लागि लागिपरेको बताएका छन्। सोमबार जनकपुरधाम आएका गृहमन्त्री खाँडले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा रहेकाले सुरक्षाको मामिलामा कुनै कसर बाँकी नराख्ने बताए।
प्रदेश नम्बर दुई को सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुरधाम आएका गृहमन्त्री खाँडले सरकार नागरिकताको समस्यालाई संवेदनशील रूपमा लिएको बताउँदै प्रतिपक्षी एमालेको अवरोधका कारण नागरिकता एन पारित गर्न समस्या भइरहेको बताए । उनले त्यसका लागि वातावरण बनाइदिन प्रतिपक्षी एमालेलाई आग्रह समेत गरे ।
न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका स्वतन्त्र रूपमा चल्नुपर्नेमा न्यायपालिकामा देखिएको विवाद संवेदनशील र गम्भीर रहेका विवाद यथाशीघ्र समाधान हुनुपर्ने गृहमन्त्री खाँडले जानकारी गराए।