रोनाल्डो फ्लप हुँदा म्यानेचस्टर डर्बीमा युनाइटेड हार्यो, रोनाल्डोलाई पहेँलो कार्ड
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
1.1k
Shares
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो असफल भएपछि म्यानचेस्टर युनाइटेड पराजित भएको छ । म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमै घरेु टोली सिटीसँग २–० गोल अन्तरले पराजित गरेको हो । खेलको सात मिनेटमै युनाइटेडका एरिक बेलीको आत्मघाती गोलसँगै सिटीले अग्रता लिएको थियो ।
बर्नान्डो सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा म्यानचेस्टर डर्वीमा सिटीले बाजी मारेको हो ।
रोनाल्डो आएपछि युनाइटेड उपाधिको दाबेदार बन्ने अनुमान विपरीत बिस्तारै खेल खस्किदै गएको छ । रोनाल्डोको भरमा टिकेको युनाइटेड कमजोर हुँदै गएको छ ।