arrow

नरेन्द्र मोदी फेरि विश्वका सबैभन्दा लोकप्रिय नेता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
narendra-modi1.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि विश्वका सबैभन्दा लोकप्रिय नेता चुनिएका छन् । अमेरिकी डेटा इन्टेलिजेन्स फर्म द मर्निङ कन्सल्टको सर्भे अनुसार मोदी अप्रुभल रेटिङमा शीर्ष स्थानमा रहन सफल भएका हुन् । 

उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित १३ राष्ट्रका प्रमुखहरुलाई पछि छाडेका छन् । मोदीको अप्रुभल रेटिङ सन् २०२० को मे महिनामा ८४ प्रतिशत पुगेको थियो । 

उक्त सर्भेका अनुसार मोदीको लोकप्रियतामा कोरोनाको दोस्रो लहरका बेलामा केही कमी आएको थियो । अहिले मोदीको अप्रुभल रेटिङ ७० प्रतिशत रहेको छ । गत ५ नोभेम्बर (शुक्रबार) अपडेट गरिएको सर्भेअनुसार मोदीपछि मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर ६६ प्रतिशतसहित दोस्रो, इटालीका प्रधानमन्त्री मारियो द्रागी ५८ प्रतिशतसहित तेस्रो स्थानमा छन् । 

त्यस्तै जर्मन चान्सलर एन्जेला मर्केल ५४ प्रतिशतसहित चौथो तथा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन ४७ प्रतिशतसहित पाँचौं स्थानमा छन् । 

अमेरिकी राष्ट्रपति बाइडेन ४४ प्रतिशतसहित छैटौं स्थानमा रहेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन १० औं स्थानमा रहेका छन् । 

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो ४३ प्रतिशतसहित सातौं, जापानका प्रधत्रानमन्त्री फुमियो किशिदा ४२ प्रतिशतसहित आठौं तथा दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन ४१ प्रतिशतसहित नौं स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ