arrow

सूर्यवंशीको पैसा वसुल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
sooryavanshi.jpg

काठमाडौं । भारतमा लामो समयपछि थिएटरमा रिलिज भएको सूर्यवंशीको पैसा वसुल भएको छ । बलिउडका एक्सन एवं भर्सटाइल अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशी शुक्रबार रिलिज भएको हो । 

उक्त फिल्म हेरेपछि दर्शकले सामाजिक संजालमा पोष्ट गर्दै पैसा वसुल भएको बताएका छन् । सूर्यवंशीले सामाजिक संजालमा राम्रो प्रतिक्रिया पाएको छ । 

फिल्म रिलिज भएको केही क्षणमै फिल्मको भिडियो लिक भएको थियो । कोरोना भाइरसको महामारीका बेलामा ओटीटीमा फिल्महरु रिलिज भएकामा सूर्यवंशी थिएटरमा रिलिज भएको हो । 

कोरोनाले थिएटरमा मन्दी रहेकामा यही फिल्ममार्फत बलिउडमा फेरि ब्यापार रि–बुट हुने अपेक्षा गरिएको छ । यो फिल्म ३ हजार स्क्रिनमा रिलिज भएको छ । १४ दिनसम्म बलिउडमा दोस्रो फिल्म रिलिज नहुने भएकाले यो फिल्मले राम्रो ब्यापार गर्ने अपेक्षा बलिउडको छ । 

सूर्यवंशी फिल्मबाट बलिउडले ठूलो अपेक्षा गरेको छ । यो फिल्ममा अक्षय कुमारसँगै रणवीर सिंहको सिम्बा र अजय देवगणको सिंघमको मिक्स एन्ड म्याच पनि रहेको छ । 

अर्थात् रणवीर र अजय पनि चलचित्रमा समेटिएका छन् । यो फिल्ममा कटरिना कैफ पनि रहेकी छिन् । 

भारतमा गम्भीर चलचित्र भन्दा भिडन्तवाला माइन्डलेस मनोरञ्जन धेरै चल्छ । यसमा रोहित सेट्टीको हात बढी छ । 

आतंकवादको विरुद्धमा अपरेशन बलिउड र ओटीटीको सूत्र हिट छ । अक्षय कुमार यो विषयका मार्केट लिडर हुन् । सूर्यवंशी पनि आतंकवादमा आधारित फिल्म हो । 

यो फिल्ममा मल्टिस्टारमात्र हैन मल्टी प्रोड्युसर पनि छन् । रोहित शेट्टी, अक्षय कुमार, करण जौहर र रिलायन्स इन्टरटेनमेन्ट यसका प्रोड्युसर हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ