arrow

अरबपति बिल गेट्ससँग मोदीले के गरे कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
gates-modi.JPG

आएनएन । माइक्रोसफ्टका  संस्थापक तथा धनाढ्य बिल गेट्स  र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच द्विपक्षीय बैठक भएको थियो । बैठकमा दुवैले जलवायु परिवर्तन न्यूनीकरण गर्ने उपायबारे छलफल गरेका थिए। बेलायतको ग्लासगोमा आयोजित कोप २६ शिखर सम्मेलनको पृष्ठभूमिमा दुई व्यक्तित्व बिच भेट भएको थियो।

विदेश मन्त्रालयका अनुसार हरित ऊर्जा, हवाई इन्धन, ब्याट्री भण्डारण र खोप अनुसन्धान जस्ता क्षेत्रमा आशाजनक छलफल भएको थियो। विदेश मन्त्रालयका अनुसार भारतमा बिल र मेलिन्डा गेट्स फाउन्डेसनले गरिरहेको कामको प्रधानमन्त्री मोदीले प्रशंसा गरेका थिए।

अरबपति बिल गेट्सले प्रधानमन्त्रीलाई नवचार अभियान मा भएको प्रगतिबारे जानकारी गराएका थिए। दुवैले नवचार अभियान अन्तर्गत भारतमा गतिविधि बढाउने तरिका बारे पनि छलफल गरेका थिए।

बैठकपछि प्रधानमन्त्री मोदीले ट्विटरमा लेखे, " कोप२६ शिखर सम्मेलनमा बिलगेट्स सँग भेट। हामीले जलवायु परिवर्तनलाई जित्न विश्वव्यापी प्रयासहरूलाई बलियो बनाउने उपायहरू सहित विभिन्न विषयहरूमा छलफल गर्‍यौँ।"

सोही सन्दर्भमा बिल गेट्सले‌ पनि ट्विट मा लेखे, " कोप२६ पृष्ठभूमिमा प्रधानमन्त्री नरेन्द्र मोदी सँग छलफल। विज्ञान, नवीनता र परिवर्तनकारी कृषि मा थप लगानी गर्न र साना किसान मा जलवायु परिवर्तन को प्रभाव कम गर्ने उपाय बारे छलफल।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ