arrow

नरेन्द्र मोदी केदारनाथ यात्रामा, संवोधन ८७ प्रमुख मन्दिरमा लाइभ, यस्तो हुनसक्छ घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
narendra-modi-kedarnath.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केदारधाममा पुगेका छन् । उनी त्यहाँ कयौं योजनाको शिलान्यास र लोकार्पण गर्न पुगेका हुन् । उनले त्यहाँ सबैभन्दा पहिले भगवान शिवको पूर्जा अर्चना गरेपछि अन्य काममा लाग्नेछन् । 

आदि गुरु शंकराचार्यको हालै तयार भएको समाधि स्थलमा शंकराचार्यको प्रतिमासमेत अनावरण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ प्रधानमन्त्री मोदीले सम्वोधन गर्नेछन् । जुन संवोधन देशभरका ८७ प्रमुख मन्दिर र तीर्थ स्थलमा प्रत्यक्ष प्रशारण गरिने छ । 

भारतीय जनता पार्टी भाजपाले मोदीको यो यात्रालाई स्मरणीय बनाउन चाहेको बताएको छ । चार धाम, १२ ज्योर्तिलिङ्ग र प्रमुख मन्दिरसहित ८७ तीर्थ स्थलमा उनको सम्वोधन एलईडी र बिग स्क्रिनका साथ प्रत्यक्ष प्रशारण गर्न लागिएको हो । 

यसरी गर्न लागिएको प्रत्यक्ष प्रशारणको मतलब मोदीले चार धामसहित ५१ मन्दिरलाई सरकारी नियन्त्रणबाट मुक्त गर्ने घोषणा हुन सक्ने आँकलन गरिएको छ । 

उनले केदारनाथमा डेढ अर्ब भारुको लागतमा शुरु हुने कयौं योजनाको शिलान्यास गर्नेछन् । 

उनी साढे ३ घण्टा केदारनाथमा रहने छन् । 

उनी चार वर्षमा पाँच पटक केदारनाथ पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ