सङ्घीय सरकारले शिक्षा ऐन तत्काल नल्याए प्रदेश सरकारले नै ऐन बनाएर लागू गर्छौ : मुख्यमन्त्री नेपाली
सञ्जय भट्टराई,
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
789
Shares
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सङ्घीय सरकारले शिक्षा ऐन ल्याउन ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल सङ्घीय सरकारले शिक्षा ऐन न ल्याए प्रदेश सरकारले शिक्षा ऐन बनाएर लागू गर्ने बताएका छन् ।
सङ्घीय सरकारले शिक्षा ऐन नल्याउँदा सिङ्गो शिक्षा क्षेत्रमा नै अन्योल रहेकाले शिक्षा जस्तो महत्त्वपूर्ण क्षेत्रमा सङ्घीय सरकारलाई संवेदनशील हुन आग्रह गर्दै नभए प्रदेशले नै ऐन बनाएर लागू गर्ने चेतावनी समेत दिएका छन् ।
बिहीबार गृह जिल्ला नवलपुरमा शिक्षा समाज नेपालको चौथो साधारण सभामा बोल्दै पोखरेलले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले शिक्षामा राज्यले चाहिने जति लगानी नगरेको हुँदा शिक्षा क्षेत्रमा मा अपेक्षित प्रतिफल प्राप्त गर्न नसकिएको समेत बताए ।