प्रधानमन्त्री देउवाले भने: 'मोदीले मलाई भारत भ्रमणको निम्ता दिनुभयो, मैंले नेपाल भ्रमणमा बोलाएँ’
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
573
Shares
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् ।
संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई बिहीबार बिहान स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाले उक्त जानकारी गराएका हुन् ।
उनले भने, ‘मैले उहाँलाई नेपाल आउनुस् भनेको छु । उहाँले पनि मलाई भारत आउनुहोस भन्नुभएको छ । उहाँलाई मैंले नेपालका धार्मिक स्थलहरुको भ्रमणका लागि भए पनि नेपाल आउन अनुरोध गरेको हुँ ।’ सम्मेलनमा मोदीसँग भएको भेटवार्ताको जानकारी गराउँदै देउवाले नेपालप्रति भारतको सद्भाव रहेको बताए ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताए । ब्रिटिस सेनामा गोर्खाहरुको समस्या समाधानका लागि बेलायत सरकार सकारात्मक रहेको पनि उनले सुनाए । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।