arrow

मोदी सरकारको दिपावली उपहारः पेट्रोलमा ५, डिजेलमा १० रुपैयाँ घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
modi-diyo.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भारतमा डिजेल र पेट्रोलको भाउ घटेको छ । दिपावलीको अवसर पारेर नरेन्द्र मोदी सरकारले डिजेलमा १० तथा पेट्रोलमा ५ रुपैयाँ भारु घटाएको हो । 

लगातार भाउ बढाएको मोदी सरकारले बुधबार अचानक दिपावलीको उपहार दिएको भन्दै भारतमा खुशी मनाइएको छ । नयाँ दर शुक्रबारदेखि लागू हुनेछ । 

केन्द्र सरकारले राज्य सरकारहरुलाई पनि भाउ घटाउन अपील गरेको छ । योसँगै असममा पेट्रोल र डिजेलको भाउ समान ७ रुपैयाँ घटाउने घोषणा गरिएको छ । 

बुधबार रातिसम्म १० राज्यले पेट्रोलियम पदार्थको भाउ घटाएका छन् । गुजरात, कर्नाटक, गोवा, मणिपुर र त्रिपुराले ७–७ रुपैयाँ घटाएका छन् । त्यहाँ पेट्रोलमा १२ तथा डिजेलमा १७ रुपैयाँ घटेको छ । 

उत्तर प्रदेशले पेट्रोलमा ७ तथा डिजेलमा २ रुपैयाँ घटाएर कुल १२–१२ रुपैयाँ घटाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ