गायक अधिकारी र मोडल खड्का स्टार इन्टरनेशनल अवार्डबाट सम्मानित
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
1.2k
Shares
काठमाडौं । चर्चित लोकतथा दोहोरी गायक खुमन अधिकारी ‘स्टार इन्टरनेशनल अवार्ड-२०२१’ बाट सम्मानित भएका छन् ।
एक दशकभन्दा लामो समयदेखि लोकतथा दोहोरी गीत संगीतको क्षेत्रमा सक्रिय अधिकारीले ‘टोपी किनेको’ गीतबाट ‘स्टार इन्टरनेशनल अवार्ड-२०२१’ अन्तर्गतको ‘द बेष्ट पपुलर सिंगर अफ द इयर’ विद्याको अवार्ड हात पारेका हुन् ।
मंगलबार काठमाडौंको र्याडिसन होटलमा आयोजित कार्यक्रममा अधिकारीलाई नेपाल सरकारका रक्षामन्त्री डा। मिनेन्द्र प्रसाद रिजाल, दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डे, बरिष्ठ कलाकार मोहन निरौला र कलाकार उत्तम केसी लगायतले अवार्ड हस्तान्तरण गरे ।
यस्तै ‘द बेष्ट मोडल’ अवार्ड अभिषेक खड्काले प्राप्त गरे । खड्कालाई कलकते काइयो गीतबाट बेष्ट मोडलको अवार्ड प्रदान गरिएको हो । उक्त गीतमा गायक अधिकारी र शान्ति श्री परियारको स्वर रहेको छ ।