काठमाडौं । बलिउड बादशाह शाहरुख खानले मंगलबार २ नोभेम्बरमा ५६ औं जन्मदिन मनाएका छन् । उनको यसपालिको जन्मदिन विशेष रह्यो ।
उनका जेलमा रहेका छोरा आर्यन २९ दिनपछि घर फर्के । लागुऔषध सेवन गरेको आरोपमा उनी पक्राउ परेका थिए । उनलाई जमानतमा रिहा गरिएको हो ।
त्योसँगै बादशाहको चार वर्षदेखि कुनै चलचित्र आएको छैन । उनी ‘पठान’ मार्फत आउँदैछन् । उनका फ्यानले उनको जन्मदिन भब्य तरिकाले मनाएका छन् ।
फ्यानक्लबले उनको जन्मदिनको अवसर पारेर मंगलबार ५ हजार ५५५ जनालाई तिहार सामग्री र खाना दिएको छ । फ्यान क्लब शाहरुख युनिभर्सले तिहार सामग्री, खाना र आवश्यक सामग्री बाँडेको हो ।
शाहरुखको घर मन्नत बाहिर फ्यानहरुको भीडसमेत लागेको थियो । उक्त भीडबीच सयौं फ्यानले एक लयमा ‘हेप्पी बर्थडे गीत’ गाएका थिए ।
जन्मदिनको अघिल्लो दिन मन्नतलाई लाइट्स राखेर सजाइएको थियो । शाहरुखले यसपालि भने कुनै विशेष कार्यक्रम गरेनन् ।