arrow

भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द, सबस्टेसनमा समस्या 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
electricity-bharatpur.jpg

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकास्थिति १३२–११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउँसोबाट विद्युत आपूर्ति बन्द भएको छ ।

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर बदली भइरहेको र छिट्टो भन्दा छिट्टो विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको बताए । उनले रातभरि मर्मतको काम गरिने उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ