arrow

जलवायु परिवर्तन विरुद्ध लड्न मोदीद्वारा 'पञ्चामृत' प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
modi india.PNG

आइएनएन ।  स्कटल्याण्डको ग्लासगोमा भएको कोप २६ शिखर सम्मेलनमा 'राष्ट्रिय वक्तव्य' दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार जलवायु परिवर्तनका चुनौतीहरू विरुद्ध लड्न विश्वलाई उपहारस्वरूप पाँच अमृत तत्त्व 'पञ्चामृत' प्रस्तुत गरेका छन्।

उनले भने, " जलवायु परिवर्तन सम्बन्धी यस विश्वव्यापी विचार सम्मेलन मा, म भारतको तर्फबाट, यो चुनौतीसँग सामना गर्न पाँच अमृत तत्त्वहरू, 'पञ्चामृत' प्रस्तुत गर्न चाहन्छु।"

बढ्दो विश्वव्यापी तापमान र जलवायु परिवर्तनको सामना गर्न भारतको पाँच-बुँदे सूची बारे विवरण दिँदै उनले भने: पहिलो, भारतले सन् २०३० सम्ममा आफ्नो गैर-जीवाश्म ऊर्जा क्षमता ५ सय गिगावाट सम्म पुर्‍याउनेछ।

दोस्रो, भारतले सन् २०३० सम्ममा आफ्नो ऊर्जा आवश्यकताको ५० प्रतिशत माग नवीकरणीय ऊर्जाबाट पूरा गर्नेछ।

तेस्रो, भारतले अबदेखि सन् २०३० सम्म कुल अनुमानित कार्बन उत्सर्जनलाई एक अर्ब टनले घटाउनेछ।

चौथो, सन् २०३० सम्ममा भारतले आफ्नो अर्थतन्त्रको कार्बन तीव्रता ४५ प्रतिशतभन्दा कम कम गर्नेछ।

र पाँचौँ र अन्तिम ‘पञ्चामृत’ सन् २०७० सम्ममा भारतले कुल शून्यको लक्ष्य हासिल गर्नेछ।

उनले भने, " जलवायु कार्यमा भारतको यस पञ्चामृत ले अभूतपूर्व योगदान दिने छ।"

पेरिस प्रतिबद्धतालाई अक्षरशः र मूर्त रुपमा पूरा गर्ने एक मात्र ठुलो अर्थतन्त्र भारत भएको आज सारा विश्वले मानेको छ। यस कुरालाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदीले देशले दृढ सङ्कल्प, कडा परिश्रम र नतिजा देखाउँदै हरेक प्रयास गरिरहेको बताए।

उनले स्थापित नवीकरणीय ऊर्जा क्षमतामा भारत विश्वमा चौथो नम्बरमा रहेको जानकारी दिए।

उनले भने, " भारतको गैर-जीवाश्म इन्धन ऊर्जा पछिल्लो ७ वर्षमा २५ प्रतिशत भन्दा बढी बढेको छ र अहिले यो हाम्रो ऊर्जा मिश्रणको ४० प्रतिशतमा पुगेको छ।"

भारतको भव्य रेलवे प्रणालीले सन् २०३० सम्ममा आफूलाई ‘कुल शून्य’ बनाउने लक्ष्य राखेको जानकारी दिँदै उनले यस पहलबाट मात्रै उत्सर्जनमा वार्षिक ६ करोड टन कमी आउने बताए।

प्रधानमन्त्री मोदीले देशको बृहत् एलईडी चिम अभियानले वार्षिक ४ करोड टन उत्सर्जन घट्ने बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ