arrow

प्रधानन्यायाधीशविरुद्धको धर्ना तेस्रो दिन 

राजीनामा नै निकास हो : श्रेष्ठ

‘सम्मानजनक बर्हिगमनको षड्यन्त्रमा फस्न तयार छैनौं’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
bar.jpg

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुले आज मंगलबार पनि आन्दोलन जारी राखेका छन्।

नेपाल बार एसोसियसनको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा आन्दोलनको तेस्रो दिन अन्तर्गत आज पनि धर्ना जारी राखेका हुन्।

कालो पट्टी बाँधेर धर्नामा बसेका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने चेतावनी दिए।

उनीहरुले प्रधानन्यायाधीश निकटका केही व्यक्तिले सम्मानजनक बर्हिगमनको कुरा गर्न थालेको भन्दै त्यसको अर्थ नरहेको र षड्यन्त्रमा फस्न आफूहरु तयार पनि नभएको बताए।

धर्नापछिको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश पक्षबाट अघि सारिएको सम्मानजनक बहिर्गमनको प्रस्तावमा जालझेल लुकेको बताए।

उनले प्रधानन्यायाधीश जबरालाई एक दिन पनि पदमा राख्न नहुने भन्दै राजीनामा नै निकाशको शर्त भएको बताएकाम हुन्।

‘प्रधानन्यायाधीशको राजीनामा नै निकाशको शर्त हो जालझेलको शव्द प्रयोग गर्नु आवश्यक छैन,’ श्रेष्ठले भने।

प्रधानन्यायाधीश जबराले भोलि १७ गतेसम्म राजीनामा नदिए नेपाल बार एशोसिएसनले थप आन्दोलनको कार्यक्रम गर्ने पनि उनले बताए।

सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूणर्मान शाक्यले प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलनको कार्यक्रमलाई देशब्यापी बनाइने बताए।

प्रधानन्यायाधीश जबराले न्यायालयमा देखिएका विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको गरिमा कायम राख्न नसकेकोसमेत दाबी गरे। प्रधानन्यायाधीशविरुद्ध १४ कार्तिकाबाट आन्दोलन हुँदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ