भारतमा २९ विधानसभा उपचुनावको मतगणना जारी, को अगाडि ?
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
635
Shares
तस्वीर–फाइल ।
काठमाडौं । भारतको ३ लोकसभा र १३ राज्यको २९ विधानसभा सिटमा भएको उपचुनावको नतिजा आउँदैछ । बिहान ८ बजेदेखि मतगणना जारी रहेको छ ।
शुरुआती गणनाअनुसार मध्यप्रदेशका ४ सिटमा भाजपा अगाडि रहेको छ । त्यस्तै राजस्थान र हिमाचलमा कांग्रेस अगाडि रहेको छ ।
इधर, दादरा र नगर हवेलीमा शिवसेना अगाडि रहेको छ । यी सबै सिटमा गत ३० अक्टुबरमा मतदान भएको थियो ।
तीन वटै लोकसभा क्षेत्रमा प्रतिनिधिको निधन भएपछि रिक्त स्थानमा चुनाव भएको हो । यसअघि भाजपाका रामस्वरुप शर्माको हिमाचलमा, मध्यप्रदेशकै खन्डवा संसदीय सिटमा भाजपाकै नन्दकुमार सिंह चौहानको निधन भएको थियो । त्यस्तै दादरा र नगर हवेलीमा निर्दलीय सांसद मोहन डेलकरको निधन भएको थियो ।
बिहारका दुई विधानसभा सिटमा तारापुर र कशेश्वरस्थानमा आरजेडी र एनडीएबीच प्रतिस्पर्धा भइरहेको छ ।