भारतमा पाकिस्तानी नागरिकको ओभरस्टेको सङ्ख्यामा वृद्धि
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
418
Shares
फाइल तस्बिर
नयाँ दिल्ली। पछिल्ला केही वर्षहरूमा भारतमा पाकिस्तानी नागरिकहरूको ओभरस्टेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। भारतीय गृह राज्यमन्त्री किरेन रिजिजुले बुधवार राज्यसभामा डा. प्रदीप कुमार बालमुचुको लिखित जवाफमा यो कुरा बताएका हुन्।
सन् २०१२ र २०१३ को बीचमा देशमा ओभरस्टे गर्ने पाकिस्तानी नागरिकको कुल सङ्ख्यामा वृद्धि भएको हो। सन् २०१२ को डिसेम्बर ३१ सम्म कुल पाकिस्तानीको सङ्ख्या १२ हजार १३७ रहेको थियो। सन् २०१३ को डिसेम्बरमा १५ हजार २८ पुगेको थियो। पछिल्लो समय यो दर २३.८२ प्रतिशतले वृद्धि भइरहेको बताइएको छ।
केन्द्रीय सरकारलाई विदेशी अधिनियमको सेक्सन ३ (२) सी अन्तर्गत विदेशी नागरिकलाई निर्वासन गर्ने अधिकार दिइएको छ। अवैध रूपमा बसेका विदेशी नागरिकहरूलाई पहिचान गर्ने र निर्वासन गर्ने अधिकार पनि राज्य सरकारहरू र केन्द्र शासित प्रदेश प्रशासनहरूलाई प्रत्यायोजित गरिएको छ। विगत तीन वर्षमा निर्वासित पाकिस्तानी नागरिकहरू एक हजारभन्दा बढी रहेका छन्।