arrow

नयाँ कार किन्नेबारे सोचेकालाई सररर टाटा एनआरजी (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
tata-nrg-fire-red-desktop.jpg

काठमाडौँ। टाटा एनआरजीले नयाँ कार किन्ने योजना भएकाहरूका लागि विभिन्न सेवा सुविधासहित टाटा एनआरजी उत्तम रोजाइ हुने दाबी गरेको छ। गत वर्ष मात्रै आफ्नो सम्पूर्ण स्वरूपमा परिवर्तन गरेपछि यो सबैको रोजाइमा पर्ने दाबी उसको हो।

गाडीको माइलेजसमेत निकै नै बढी भएको दाबी गर्दै कम्पनीले सहरी क्षेत्रमा ३० देखि ६० र राजमार्गमा १५ देखि २० किलोमिटरको माइलेज यसले दिने बताएको छ। म्यानुअल वा एएमडी जुनसुकै चलाए पनि यसको माइलेज निकै नै राम्रो रहेको उसको दाबी छ । नेपाली बजारमा यस कारको मूल्य ३१ लाख ९६ हजार पर्ने पनि कम्पनीले बताएको छ। 

आखिर त्यस्तो के छ यसमा, यसो भन्छ टाटा एनआरजी :
‘के तपाईँ नयाँ कार किन्नेबारे सोच्दै हुनुहुन्छ ? उसो हो भने टाटा एनआरजी तपाईँको उत्तम रोजाइ हुन सक्छ। सन् २०२० मा टाटाले आफ्नो सम्पूर्ण स्वरूप परिवर्तन गरेपछि टाटा एनआरजी जबरजस्त देखिएको छ। हेडलाइट र फन्ट ग्रिल दुवै ठुलो बनाएको छ। ब्ल्याक रुफ, ब्ल्याक मिरर, ब्ल्याक बम्पर र ह्वीलको क्याब पनि ब्ल्याक हुँदा कार स्टाइलिस देखिएको छ। ब्ल्याक फिनिस दिइएकाले कार स्पोर्टी लाग्छ।

एनआरजीले ग्राउन्ड क्लियरेन्स बढाएको छ, जुन १ सय ८१ एमएमको छ। क्यामेरा पनि ब्ल्याक रङको भएकोले झन् आकर्षक देखिएको छ। यो कार मजबुतीमा निकै अगाडि छ। कारको टायर साइज १५ इन्च छ। बाहिरी रङसँग सुहाउँदो बनाउन भित्र पनि सोही रङले कारको सजावट गरिएको छ। ड्यासबोर्ड युजर–फ्रेन्ड्ली छ। अग्ला कदका चालकका लागि स्टेरिङ ह्वीलमा पनि हाइट एड्जस्ट गर्न मिल्ने बनाइएको छ। कारलाई राम्रोसँग डिजाइन गरिएको छ। सुरक्षामा ग्लोबल एनक्यापले यसलाई ४ रेटिङ दिएकाले यो कार सुरक्षित रहेको स्वतः पुष्टि हुन्छ। रिभर्स पार्किङ क्यामेरा सिस्टम जडान गरिएकाले कार सहज र झन्झन्टमुक्त लाग्छ नै।

सिट निकै आरामदायी छन्। लामो दुरी होस् या छोटो–कारमा बस्दा तपाईलाई आराम मिल्नेछ। कारको मिडिल सिटमा दुई वयस्क मानिस र एक बच्चा आरामले बस्न मिल्छ। बजारमा उत्कृष्ट ठहरिएको हार्मन स्पीकर यसमा जडान गरिएको छ। यसले राम्रो आवाज दिने भएकाले हाम्रो कानलाई मात्रै होइन, सडकको वातावरणसमेत श्रुतिमधुर बनाउन सघाउनेछ। बुट स्पेस गाडीको २ सय ४२ लिटरको छ। ४ जनाको सामान सहजै अटाउन सकिन्छ। यसमा १.२ लिटरको पेट्रोल इन्जिन आउँछ।

यस्तै, ५ स्पीड एमटी र एमएमटी दुवै सिस्टम यसमा उपलब्ध छ। कार हाँक्दा कुनै प्रकारको कम्प्रमाइज गर्नु पर्दैन। चाहे तपाईँ हाईवेमा हाँक्नुस्, या सहरमा हाँक्नुस् या ओभरटेक नै गर्नुस्। कारको प्रस्तुति एकदमै राम्रो छ भने गियर चेन्ज गर्न असाध्यै सजिलो छ। लामो दूरी र तीव्र गतिमा निरन्तर चलाउँदा पनि कारमा कुनै गडबडी आउँदैन, बरु सरर गुड्नु यसको अर्को गतिलो विशेषता हो। गाडीको माइलेज जर्बजस्त छ। सहरी क्षेत्रमा ३० देखि ६० र राजमार्गमा १५ देखि २० किमीको माइलेज यसले दिन्छ, चाहे म्यानुअल चलाउनुस् या एएमडी। नेपाली बजारमा यस कारको मूल्य ३१ लाख ९६ हजार पर्न आउँछ। अब सोच्नु भो होला– ‘टाटा एनआरजी नै मेरो रोजाइ हुनेछ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ