arrow

अदालतको समस्या अदालतमै समाधान खोज्न बरिष्ठ नेता पौडेलको सुझाव

‘पार्टीलाई व्यवस्थित बनाउन पुस्तान्तरणभन्दा पनि रूपान्तरण गरौं’

logo
निरंजन कुमार साह
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
ramchandra-janakpur.jpg

जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतको समस्या अदालतमै समाधान हुनुपर्ने बताएका छन् ।

पौडेलले नेपालमा राजनीतिक क्षेत्र असहज हुँदा अदालतले समाधान दिने गरेको तर अदालतमै असहज परिस्थिति सृजना भएकाले अदालतको समस्या अदालतमै समाधान गर्दै राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्ने बताएका हुन् ।

सोमबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले भने,‘अदालत ठप्प बनेका कारण पार्टी,  संसद वा बाहिर अब छलफल गर्नुपर्ने बेला आएको छ ।’

उनले अन्य चार न्यायाधीसमाथि पनि कारबाही हुनुपर्ने एमाले अध्यक्ष केपी ओलीको माग गलत भएको बताउँदै पौडेलले अदालतभित्रको समस्या अदालतबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।  पौडेलले अस्तव्यस्त अवस्थामा रहेको पार्टीलाई व्यवस्थित बनाउने आफूहरूको पहिलो प्राथमिकता रहेको बताए।

लोकतन्त्रमाथि समेत खतरा बढ्दै गइरहेको अवस्थामा कांग्रेस अस्तव्यस्त हुनु दुर्भाग्यपूर्ण भएको बताए । कांग्रेस व्यवस्थित भए लोकतन्त्र पनि आफै व्यवस्थित हुँदै जाने उनको भनाइ थियो ।

पार्टीलाई व्यवस्थित बनाउनका लागि पुस्तान्तरणभन्दा पनि रूपान्तरणको आवश्यकता रहेको उनले बताए । राष्ट्रलाई हाँक्न सक्ने व्यक्तिलाई पार्टी सभापतिको जिम्मेवारी दिइनु पर्दछ’,नेता पौडेलले भने, ‘पार्टीको सभापतिको जिम्मेवारी दिने जिम्मा कांग्रेसी कार्यकर्ताको हातमा छोड्नु पर्छ । भागबण्डाको आधारमा जिम्मेवारी दिनुहुँदैन् ।’

‘पार्टीभित्र पुस्तान्तरणको चर्चा चलिरहेको छ तर अहिले आवश्यकता रूपान्तरणको हो । सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्छ’, उनले भने । पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सेटिङको आधारमा प्रधानमन्त्री नबनेको समेत जानकारी गराए। देउवा संविधानको मर्म तथा विधि प्रक्रियाअनुसार नै प्रधानमन्त्री बनेको सुनाए ।

फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने पनि बताए । पौडेलले मंसिर २४ गतेभित्रै पार्टी महाधिवेशन हुने र अब महाधिवेशन कार्यतालिका कुनै पनि हालतमा हेरफेर नहुने दावी समेत गरे ।

उनले भने,‘ सरकारले गति लिन सकेको छैन । सरकारले पूर्णता पाएको छ । विश्वास गरौं चाँडै नै कामले पनि गति लिन्छ ।  जोमाथि प्रश्न उठेको छ, त्यसमाथि कुरा गर्नुपर्छ । अरुमाथि प्रश्न किन ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ