arrow

इनोभेसन, वातावरण र स्वास्थ्य भारत-फ्रान्सका साझा महत्त्वाकाङ्क्षा हुन्- इम्यानुएल म्याक्रोन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
modi emmnuel macron.jpg

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएमल म्याक्रोनले इनोभेसन, वातावरण र स्वास्थ्य भारत र फ्रान्सका साझा महत्त्वाकाङ्क्षा रहेको बताएका छन् । शनिवार जी-२० सम्मेलनका बिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि उनले यस्तो बताएका हुन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले दुवै देशले विशेष गरी इन्डो-प्यासिफिक क्षेत्रमा ठोस नतिजाका लागि मिलेर काम गरिरहने बताएका छन्। 

प्रधानमन्त्री म्याक्रोनले ट्विट गर्दै भनेका छन्, 'हामी भारतसँग पर्यावरण, स्वास्थ्य र नव परिवर्तनका लागि समान महत्त्वाकाङ्क्षा साझा गर्छौँ, हामी ठोस परिणामको लागि मिलेर काम गर्नेछौँ र खासगरी हिन्द प्रशान्तीय क्षेत्रमा।'

म्याक्रोनसँगको भेटमा भारतीय विदेश मन्त्री एस जै शंकर एवं राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवालको समेत उपस्थिति रहेको थियो ।

यसअघि सेप्टेम्बरमा पनि दुवै देशका प्रमुखहरूले कुराकानी गरेका थिए । सो क्रममा खास गरी अफगानिस्तानमा विकसित घटनाक्रमको विषयमा कुराकानी भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ