arrow

‘मोदी भारतका गहना’ ग्लास्गोमा भव्य स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
narendra-modi-glasgo-cope-2.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्कटल्याण्डको ग्लास्गोमा भव्य स्वागत भएको छ । जलवायु परिवर्तन सम्बन्धी कोप–२६ सम्मेलनमा भाग लिन गएका मोदीको त्यहाँ भव्य स्वागत भएको हो । 

मोदीले उक्त सम्मेलनमा सहभागीता जनाएर सम्वोधनसमेत गर्दैछन् । उनी सोमबार र मंगलबार दुई दिन ग्लास्गोमा रहने छन् । उनले सोमबार साँझ इङ्गल्याण्डका प्रधानमन्त्री बोरिस जोनसनसँग द्धिपक्षीय बैठक गर्नेछन् । 

उनी ग्लास्गोमा उत्रिनासाथ भारतीय समूदायले भव्य स्वागत गर्दै ‘मोदी भारतका गहना’ भएको बताए । 

मोदीले मंगलबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि द्धिपक्षीय वार्ता गर्दैछन् । 

आइतबार अक्टुबर ३१ देखि शुरु भएको कोप २६ सम्मेलन आगामी १२ नोभेम्बरसम्म हुनेछ । उक्त सम्मेलनमा करीव २०० देशका प्रतिनिधिले सहभागीता जनाउने छन् । 

सोमबार साँझ ५ः३० बजे कोप–२६ को उद्घाटन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ