रोनाल्डोको गोलमा टोटनह्यामविरुद्ध युनाइटेडको एकतर्फी खेल
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
746
Shares
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनह्याम हट्सपरविरुद्ध एकतर्फी खेल खेलेको छ । शनिबार राति भएको खेलमा युनाइटेड ३–० गोल अन्तरले विजयी भयो ।
पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो हावी भएको खेलमा युनाइटेडले सहज जित निकालेको हो । खेलमा रोनाल्डोले एक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा उत्कृष्ट गोल गरेका थिए ।
खेलको ६४ औं मिनेटमा रोनाल्डोको पासमा एडिन्सन काभानीले गोल गरे । त्यस्तै खेलको ८६ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गरे ।