इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
935
Shares
काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका सर्वोच्च अदालतका १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अधिवक्ता कृष्ण प्रसाईँ, अधिवक्ता तोयनाथ ढुङ्गाना, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले रिट दायर गरेका हुन्।
रिटमा संविधानले हरेक नागरिकलाई न्याय पाउने व्यवस्था गरेकाले केही दिनयता भइरहेका गतिविधिले न्यायको हकबाट नागरिकहरू वञ्चित हुनु परेको उल्लेख छ।
रिट वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का हरिकृष्ण कार्कीसहित इजलास बहिष्कार गरेर इजलास बहिष्कार गर्दै आइरहेका १५ जना न्यायाधीशहरू विरुद्ध दायर भएको हो।
सो रिटमा उनीहरू विरुद्ध परमादेशसहित आदेश पुर्जीसमेत जारी गरिपाऊँ भनिएको छ।