arrow

सर्वोच्च छेउमै वकिलहरूको कुटाकुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौं। प्रधानन्यायाधीशको पक्ष र विपक्षमा भनाभन हुँदा नेपाल बार एशोसएिसन परसिरमा वकिलहरुबीच कुटाकुट भएको छ।

सर्वोच्च अदालतसँगै रहेको नेपाल बार एसोसियसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच प्रधानन्यायाधीशको विषयमा विवाद हुँदा कुटाकुट भएको हो।

कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद भएको थियो। कानुन व्यवसायी चुडालले इजलास बस्नु पर्ने तर्क सामूहिक रुपमा उभिएर भएको छलफलमा गरिरहेका थिए। तर अर्का कानुनव्यवसायी न्यौपाने भने प्रधानन्यायाधीशको कारण नै इजलास बस्न नसकेको भन्दै उनी भएको स्थानमा नै पुगेर विवादमा उत्रिएका थिए । सो क्रममा दुई जना बीचमा भनाभन हुँदै जाँदा कुटाकुटको अवस्था बनेको हो।

सो क्रममा चुडालमाथि न्यौपानेले आक्रमण गरेका हुन्।

न्यौपानेले चुडाललाई घोक्राएर बारको मुख्य गेटसम्म पुर्याएका थिए।

कुटपिटमा परेका अधिवक्ता चुडालले आफूमाथि आक्रमण भएको भन्दै कानुनी उपचारमा जाने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ