arrow

भाटभटेनी डिपार्टमेन्टल स्टोर्समा क्युआर मार्फत डिजिटल भुक्तानी गर्न सकिने

डिजिटल भुक्तानीमा नयाँ क्रान्ति : गभर्नर अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
fonepay-bhatbhateni-tie-qr-code.jpg

काठमाडौँ। नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्युआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ। यो सँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिर्नुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन्।

बिहीबार टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबिच क्युआर कोड उद्घाटन गरे। भाटभटेनीमा प्रभु बैङ्क मार्फत क्युआर स्क्यान राखिएको हो। यसमा भाटभटेनीमा बिलिङका लागि प्रयोग भएको आइएमएस सफ्टवेयरमा समेत फोनपेको सिस्टम अपग्रेड गरिएको छ। जसबाट इसेवा वा फोनपेको सञ्जालमा आबद्ध बैङ्क तथा वित्तीय संस्थाको मोबाइल बैङ्किङ एप तथा आइएमई पे तथा सेलपेबाट स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्छ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले डिजिटल कारोबारको यो अभियान सफल बनाउने श्रेय फोनपे र बैङ्क तथा वित्तीय संस्थालाई दिए। कार्यक्रममा उनले भने‘ “क्युआर अभियान सुरु भएको १ वर्ष बित्दा नगद कारोबार कम हुँदै गएको छ। डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएको छ।”
यस्तै कार्यक्रममा फोनपेका अध्यक्ष विश्वास ढकालले डिजिटल कारोबारको अभियानमा भाटभटेनिकोसँगको सहकार्य अर्को कोशेढुंगाा बन्ने बताए।

यस्तै भाटभटेनीका अध्यक्ष मीन बहादुर गुरुङले नगदरहित भुक्तानीलाई प्रवर्द्धन गर्न छुटको अफर पनि दिइएको बताए। २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्युआरबाट बनाउने भाटभटेनीको योजना रहेको उनको भनाई छ। उनले अहिले २० वटा आउटलेबाट दैनिक ४० हजार जना ग्राहकलाई मौखिक रूपमा क्युआर र यसको लाभबारे जानकारी गराइरहेको गुरुङले सुनाए।

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढी मर्चेन्ट पुगेका छन्। बैङ्क तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैङ्किङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन्। दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन्। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो।

कम्पनीले सेवा सुरु गर्ने बित्तिकै कोभिड महामारीका कारण लामो समय लकडाउनमा बस्नुपरे पनि विभिन्न बैङ्क तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको सङ्ख्या बढाउन सफल भएको हो। हाल फोनपेको क्युआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ। यस्तै अन्तर बैङ्क रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रुपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ।

फोन पे बैङ्किङ र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सात वटै प्रदेशमा पुगिसकेको छ। फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैङ्क तथा वित्तीय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ। फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्‍याएर मोबाइल बैङ्किङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ