महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनप्रति विश्वास घट्दो: सर्वेक्षण
रासस-सिन्ह्वा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
419
Shares
वासिङटन। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरूको विश्वास घट्दोक्रममा रहेको, मङ्गलवार सार्वजनिक गरिएको एक सर्वेक्षणले देखाएको छ।
अक्टोबर २२-२५ मा गरिएको एक्सिओस इपोस (Axios-Ipsos) सर्वेक्षणले ४४ प्रतिशत उत्तरदाताहरूले कोभिडग्रस्त अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनको क्षमतामा गत जनवरीदेखि क्रमशः कमी आउँदै गएको टिप्पणी गरेका छन्।
आधिकारिक तथ्याङ्कले सेप्टेम्बर २०२० देखि सेप्टेम्बर २०२१ सम्म मुद्रास्फीति ५.४ प्रतिशतले बढेको देखाएको छ जसले वस्तु र सेवाहरूमा मूल्यवृद्धि गरेको छ।
विश्लेषकहरूका अनुसार विभिन्न आपूर्ति शृङ्खलाका अवरोधहरू, उच्च बेरोजगारी, र बढ्दो मुद्रास्फीतिबाट ग्रस्त अर्थव्यवस्थालाई बचाउन बाइडेन प्रशासनले लामो यात्रा तय गर्नुपर्ने देखिन्छ ।