arrow

महाभियोग बारे अध्यक्ष नेपालले राखे यस्तो धारणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको स्वतन्त्र  न्यायपालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन् ।  “ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो”, अध्यक्ष नेपालले भने । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताए।  उनले भने, “पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।”

नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उनले उल्लेख गरे । “कम्युनिस्ट पार्टी नेता प्रधान नभई नीति र विचार प्रधान हो”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ