arrow

एनआरएन फाउण्डेशन दर्ता, जीवा लामिछाने भए अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
jiba-lamichhane.jpg.jpeg

काठमाडौं । गैरआवासीय नेपाली संघले सामाजिक सेवा र परोपकारी काम गर्न खडा गरेको एनआरएन फाउण्डेशन विधिवतरुपमा दर्ता भएको छ । फाउण्डेशनको अध्यक्षमा जीबा लामिछाने चयन भएका छन् ।

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा दर्ता भएको हो ।

फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै संघका हालका अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्वसल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौड्याल र प्रतिष्ठित अभिनेत्री मनिषा कोईराला छन् ।

फाउण्डेशनको पहिलो आधिकारीक बैठकले सदस्यहरूमा राम प्रताप थापा (जर्मनी), पूर्व संरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका) लाई मनोनित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ