काठमाडौं । भारतीय टेलिजिभन कार्यक्रम ‘बिग बोस ओटीटी’ मा चर्चामा रहेकी उर्फी जावेदको फाटेको जिन्स अहिले भाइरल भइरहेको छ । उनी आफ्नै ड्रेस सेन्सका कारण चर्चामा आएकी छिन् ।
हाल उनी मुम्बईमा हिँडिरहेका बेलामा कैद भएकी छिन् । उनको अचम्मको फेशन सेन्स कैद भएको हो । उनले आफ्नो स्टाइल आफै तय गर्ने गर्छिन् ।
उनी कयौंपटक ट्रोल भएकी छिन् । उनले यसअघि अन्तिम समयमा डिजाइनरले धोका दिउको भन्दै फिल्मफेयर अवार्डमा आफैले ड्रेस सिलाएकोसमेत बताएकी थिइन् ।
एक दिन सिलाउने मेशिनले काम नगरेको भन्दै हैरान भएकोसमेत बताएकी थिइन् ।