डलर तस्करी गरेको आरोपमा नेशनल बैङ्क अफ पाकिस्तानका उपाध्यक्ष पक्राउ
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १० बुधबार
719
Shares
फाइल तस्बिर
इस्लामावाद । नेशनल बैङ्क अफ पाकिस्तानका उपाध्यक्ष डलर तस्करी गरेको आरोपमा पक्राउ परेका छन्। सङ्घीय अनुसन्धान ब्युरोले बैङ्कको मुख्यालयमा छापा हानेपछि उनलाई पक्राउ गरिएको हो।
पाकिस्तानी सामा टेलिभिजनका अनुसार बैङ्कका तीन अधिकारी र एक महिला फरार भएपछि उक्त छापा हानिएको थियो। ब्युरोले डलर तस्करी रोक्ने विभिन्न योजनाहरू ल्याइरहेको छ। पछिल्लो समय पाकिस्तानमा डलर तस्करी र अवैध रुपीको सटहीमा लागेका व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम बढेको छ।
यसअघि गत मङ्गलवार अनुसन्धान ब्युरोले मुद्रा सटही कम्पनी कराँचीमा छापा हान्दा तस्करीमा संलग्न ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
पाकिस्तानका सरकारी अधिकारीहरूले पाकिस्तानी रुपीको मूल्यमा गिरावट आउन नदिनका लागि काम गरिरहेका छन्। ब्युरोले पनि डलरको तस्करी रोक्नका लागि विशेष अप्रेसनहरू सञ्चालन गरिरहेका छन्।