arrow

म १३औं महाधिवेशनदेखि नै सभापतिको उम्मेदवार हुँ: रामचन्द्र पौडेल

आफ्नो समूहबाट सभापतिमा एक जना मात्र उम्मेदवार हुने पौडेलको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
ramchandra-poudel-neplajunge.jpg

नेपालगञ्ज । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सभापतिमा एक जना मात्र उम्मेदवार हुने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन बाँकेले मंगलबार विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ नेता पौडेलले १४औं महाधिवेशनमा सभापति पदमा सहमतिमै एक जना उम्मेदवार हुने दाबी गरे । उनले भने,‘हाम्रो बीचमा सभापतिमा एउटै उम्मेदवार दिएर अघि बढ्न समझदारी छ, हामी मिलेर एक जना उम्मेदवार दिन्छौं, म सबै साथीहरुलाई समेटेर एउटा उम्मेदवार बनाउने भन्ने पर्यत्नमै छु,’पौडेले थपे,‘साथीहरुले बोलिरहनुभएको छ, तर, मैंले म उम्मेदवार हुँ भनेर भनेको छैन, म त १३औं महाधिवेशनदेखि नै उम्मेदवार हुँदै हुँ ।’ उनले व्यवस्थालाई भन्दा सत्तालाई महत्व दिँदा बेथिति बढेको बताए ।

संविधानको कार्यान्वयनका लागि सबै गम्भीर बन्न जरुरी रहेको बताउँदै पौडेलले हिजो केपी ओलीले म नै सबथोक हुँ भनेर अघि बढ्दा मुलुकले दुर्भाग्य ब्यहोर्नुपरेको टिप्पणी गरे। प्रधानन्यायाधिशले आफूलाई सुधार्नुपर्ने पौडेलको टिप्पणी छ ।

बरिष्ठ नेता पौडेलले तोकिएकै समयमा महाधिवेशन गर्नैपर्ने बताए । अब महाधिवशेन सार्ने छुट कांग्रेसलाई नभएको उनको भनाई छ । छिटो विधिबाट भएपनि निर्धारित मितिमा महाविधेशन गर्नुपर्ने उनले बताए ।

बाढी, पहिरो तथा भूक्षयबाट जनताले ठूलो क्षती व्यहोरेकाले सरकारले तत्काल प्याकेजमै राहत दिनुपर्ने उनको भनाई छ । बाढी पहिरो प्रभावित पश्चिमी जिल्लाहरुको निरिक्षण गरेर फर्केका पौडेलले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट पनि गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ